चीनबाट ८ लाख डोज खोप भोलिसम्म आउने — OSNepal

चीनबाट ८ लाख डोज खोप भोलिसम्म आउने

LC (KTM) May 31, 2021 0

काठमाडौं । चीनले नेपाललाई दिने घोषणा गरेको १० लाख डोज खोपमध्ये ८ लाख खोप भोलि ९मंगलबार०सम्म नेपालमा आइपुग्ने सरकारी अधिकारीले बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार गत २६ मेमा राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिनफिङबीच भएको टेलिफोन वार्तामा चीनका राष्ट्रपति सीले नेपाललाई सहयोगस्वरूप १० लाख खोप उपलब्ध गराउने घोषणा गरेका थिए । चिनियाँ राष्ट्रपतिको सो घोषणा लगत्तै ८ लाख डोज खोप नेपाल आउन लागेको हो ।

प्रधानमन्त्री कार्यालयका अनुसार सो खोप लिन नेपाल वायुसेवा निगमका चार्टर्ड विमान आज ९सोमबार० राति ११ बजे बेइजिङका लागि प्रस्थान गर्नेछ र सो विमान बेइजिङबाट भ्याक्सिन लिई मंगलबार १० बजे नेपालको लागि प्रस्थान गर्ने तालिका रहेको जनाइएको छ । मंगलबार रातिसम्म चिनियाँ खोप नेपाल आइपुग्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

सरकारी निकायको सक्रियतामा कोभिड नियन्त्रण र उपचारका लागि विभिन्न देशबाट सहयोग आउने क्रम जारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज शर्माले जानकारी दिए । चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले नेपाललाई उपलब्ध गराएको दोस्रो लटको स्वास्थ्य सामग्रीहरू ८ सय थान अक्सिजन सिलन्डिर, २ सय थान आईसीयू बेड, ५ थान भेन्टिलेटर, १० थान कन्सन्ट्रेटर, १५ सय थान एन्टिजेन किट आइतबार तातोपानी नाकामा नेपाललाई हस्तान्तरण गरिएको छ ।

त्यसैगरी चीन सरकारले ६ मिलियन आरएमबी अतिरिक्त अनुदान सहायताअन्तर्गत उपलब्ध गराएको ४० थान पोर्टेबल भेन्टिलेटर, २० थान अटोमेटेड एनालाइजर, ३० थान डीआर मेसिन, २० थान पोर्टेवल अल्ट्रासाउन्ड, ३० थान एनेस्थेसिया मेसिन आदि स्वास्थ्य सामग्री पनि आइतबार नै तातोपानी नाकामा नेपाललाई हस्तान्तरण गरिएको छ ।राजधानी दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर