इराक संग मैत्रिपुर्ण खेलमा पराजय ब्यहोरेको नेपाली राष्ट्रिय फुटबल टिम आज कुवेत प्रस्थान गर्ने भएका छन् । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलका लागि नेपाली टिम कुवेत जान लागेका हुन् ।
नेपाली टिमका व्यवस्थापक मधुसुदन उपाध्यायले टिम स्थलमार्ग हुँदै कुवेत जाने जानकारी दिए ।विश्वकप छनोटको तयारीका लागि नेपालले शनिबार फिफा वरीयतामा १ सय ३ औं स्थान माथिको टिम इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।
उक्त खेलमा नेपाल इराकसँग ६- २ गोल अन्तरले पराजित भएको थियो ।समूह बी मा रहेको नेपालको भने विश्वकपमा छनोट खेल्ने सपना टुंगिसकेको छ । यद्दपी बाँकी तीन खेल जिते दोस्रो स्थानमा रहँदै छनोट हुने सम्भावना भने रहेको छ । नेपालको एसियन कपमा छनोट हुने सम्भावना समेत बाँकी रहेको छ ।
नेपाल समूहको चौंथो स्थानमा रहँदा अष्ट्रेलिया शीर्ष स्थानमा रहेको छ । नेपालले अब कुवेतमा अष्ट्रेलिया, जोर्डन र चाइनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ ।