ए डिभिजन लिगमा जावला खेलद्धारा सात दोबाटो पराजित — OSNepal

ए डिभिजन लिगमा जावला खेलद्धारा सात दोबाटो पराजित

LC (KTM) December 27, 2021 0

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अन्र्तगत आज भएको खेलमा जावलाखेल युथ क्लब बिजयी भएको छ । जावलाखेलले सातदोबाटो युथ क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो ।जावलाखेललाई जित दिलाउन विपिन कँडेल र निकोलस फर्नान्डेसले एक एक गोलको योगदना दिएका थिए ।

दुबै गोल पहिलो हाफपछिको खेलमा सम्भव भएको थियो । खेलको ५० औं मिनेटमा विपिन र ७० औं मिनेटमा निकोलसले गोल गर्दै जावलाखेललाई २(० को जित दिलाएका हुन्।जितसँगै जावलाखेलले ६ खेलमा ७ अंक जोडेको छ । जावलाखेल नवौं स्थानमा उक्लिएको छ ।सातदोबाटोले ६ खेलमा ८ अंक जोडेको छ । सातदोबाटो पाँचौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर