प्रचण्डको प्रतिवेदन माथि मंगलबारबाट सामुहिक छलफल पेरिसडाँडादेखि पार्टी प्यालेसम्म — OSNepal

प्रचण्डको प्रतिवेदन माथि मंगलबारबाट सामुहिक छलफल पेरिसडाँडादेखि पार्टी प्यालेसम्म

LC (KTM) December 27, 2021 0

काठमाडौं १२ पौष । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्द सत्रमा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शिर्षकको वैचारिक राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

बन्दसत्रमा अध्यक्ष प्रचण्डले प्रस्तुत् गरेको प्रतिवेदनमाथि छलफल गर्न २५ वटा समुह बनाइएको छ ।

जुन समुह छलफल गर्न केन्द्रीय कार्यालय पेरिसडाँडादेखि न पार्टी प्यालेससम्म जाने भएको छ । प्रचण्डले प्रतिवेदन पेश गरेसँगै देव गुरुङ विधान मस्यौदा प्रस्तुत गरेका थिए ।

भोली मंगलरबाट उत्तः प्रतिवेदन माथि सामुहिक रुपमा छलफल हुने भएको छ ।

समूहका संयोजक र ठाउँहरू

१. ज्येष्ठ क्युनिस्ट मञ्च : एमके प्रसाईं संयोजक, ठाउँ मञ्च अगाडि ।

२, ३. सल्लाहकार परिषा : संयोजन नन्दकुमार थापा, मञ्चको दायाँबायाँ, १३९ को आधा आधा विभाजन गरेर दुइटा ।

४, ५. प्रदेश १ : दुई भागमा बाँडेर । हर्क नेम्वाङ संयोजन, ठाउँ भानुभक्त हल ।

६, ७. प्रदेश २ : पारिजात हल, गणेश साह, यो पनि दुई भागमा

८, ९. लुम्बिनी प्रदेश : चक्रपाणि खनाल, सिद्विचरण हल, पुस्तकालयनेर

१०, ११. गण्डकी प्रदेश : गायत्री गुरूङ, पेरिसडाँडाको माथिल्लो हल

१२. प्रवास समिति : लक्ष्मण पन्त, पेरिसडाँडा मजदुर हल

१३, १४. कर्णाली प्रदेश : विमला केसी एनवान पार्टी प्यालेस, बानेश्वर, दुइटा हल । अर्को हलमा

१५, १६. सुदूरपश्चिम : खगराज भट्ट

१७, १८. केन्द्रीय विभागहरू : मायाप्रसाद शर्मा, क्वालिटी ब्यांकेट, बुद्वनगर, दुइवटा समूह बनाएर ।

१९. विशेष प्रदेश : जगत सिंखडा, क्वालिटीमै ।

२०, २१. सम्पर्क समन्वय प्रदेश : श्रीकृष्ण अधिकारी, क्रिस्टल पार्टी प्यालेस, बिजुलीबजार, दुइटा समूह

२२, २३. बागमती प्रदेश : काठमाडौं ब्याकेट, सरल सहयात्री

२४. सम्पूर्ण आयोगहरू : काठमाडौ व्यांकेटमै, संयोजक विष्णुविकास श्रेष्ठ

२५. जबस, मोर्चाका इन्चार्जहरू : केन्द्रीय कार्यालयमा रहेको, एकता प्रक्रियामा आएकाहरू यो समूहमा रहने । यो पनि काठमाडौं ब्याकेटमै, अमृता थापा संयोजन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर