लकडाउनका कारण भोक भोकै रहेका सयौँ मानिसलाई काठमाडौंको रोडमा १७ दिनदेखि सित्तैमा खाने खुवाउने को हुन् यि मनकारी व्यक्ति — OSNepal

लकडाउनका कारण भोक भोकै रहेका सयौँ मानिसलाई काठमाडौंको रोडमा १७ दिनदेखि सित्तैमा खाने खुवाउने को हुन् यि मनकारी व्यक्ति

LC (KTM) May 30, 2021 0

काठमाडौंको बालाजुको गँगा हलको आँगनमा दैनिक साँझ ५स्३० पछि मजदुरी गर्नेहरु, घरमा चुलो नबलेकाहरु र बिभिन्न कारणले भोको रहेका सयौं भेला हुन्छन् । गएको १९ दिनदेखि केहि युवा साथीहरु मिलेर दिनमा ४०० देखि ५०० भोकाहरुको पेट भरिरहेका छन् । ‘नेपाल युट्युब पत्रकार संघ’का साथीहरुको यो सम्मानजनक काममा धेरैले साथ र सहयोग गरिरहेका छन् । यो सँकटको समयमा धेरै भोकै रहेको देखेपछि सँघले यो कदम चालेको हो । गँगा हालको आँगनमा दैनिक सयौं जना भोक मेटेर जान्छन् भने त्यसपछि युट्युब पत्रकार सँघका साथीहरु गाडीमा खानाको प्याकेट लिएर काठमाडौं चाहर्छन् ।

कोभिड १९ ले देशभर सङ्कट उत्पन्न गराए सँगै मजदुर वर्ग , बालबालिका तथा काम गरी खाने मानिसहरूलाई यति बेला निकै समस्या भएकाले सङ्घले एक छाक भए पनि सडकमा खाना बाँड्न थालेको हो। करिब दैनिक २०० को हाराहारीमा मानिसहरू त्यहाँ खानाको निम्ति आउने गरेका छन्। विभिन्न व्यक्तिहरूलाई खाना खुवाउन सुरु गर्दै पत्रकार धमलाले जस्तो सुकै अवस्थामा पनि आफू सहयोग गर्न तयार रहेको र राज्यका हरेक नागरिकको समस्या मा सबैलाई साथ दिन सबैलाई अपिल समेत गरेका छन्। यसैबिच सँघको यो काममा हातेमालो गर्न शिशिर भण्डारी पुगे र एकदिनको खाना खुवाउन लाग्ने रकम बराबर १० हजार सहयोग गरेर आए । भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर