राप्रपा जनताको भरपर्दो शक्ति बन्दै भएको गएको छ : राजेन्द्र लिङदेन — OSNepal

राप्रपा जनताको भरपर्दो शक्ति बन्दै भएको गएको छ : राजेन्द्र लिङदेन

LC (KTM) December 27, 2021 0

काठमाडौं १२ पौष । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले राजालाई गाली गरेर राजनीति गर्ने र राजनीति टिकाउने दिन अब गएको बताएका छन् ।

सोमबार नवलपुरको कावासोतीमा आयोजित पार्टीको गण्डकी प्रदेशको विस्तारित बैठकलाई सम्बोधन गर्दै लिङदेनले यस्तो बताएका हुन् ।

विगत १५ वर्षको गलत राजनीतिक अभ्यासका कारण देशको राजनीति लिक बाहिर गएको दावी गरेका उनले बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधता भएको र आपसी एकता कायम रहेको नेपाललाई अस्थिर र विभाजित गर्न विदेशीले धर्म निरपेक्षताको कार्ड प्रयोग गरेको बताएका छन् ।

‘हिन्दु राष्ट्रको पहिचान समाप्त गर्न नेपालका राजनीतिक दल र दलका नेताहरू विदेशी षडयन्त्रको शिकार भएका छन् ‘ उनले भने ।

राप्रपा जनताको भरपर्दो शक्ति बन्दै गएको बताएका उनले लोकतन्त्र र जनताको सर्वोच्चताप्रति राप्रपा प्रतिबद्ध रहेको पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर