अब माओवादीका कार्यकर्ताले वर्षमा हरेक १५ दिन कृषिमा आधारित शारीरिक श्रम गर्नुपर्ने — OSNepal

अब माओवादीका कार्यकर्ताले वर्षमा हरेक १५ दिन कृषिमा आधारित शारीरिक श्रम गर्नुपर्ने

LC (KTM) December 27, 2021 0

काठमाडौं १२ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका हरेक कार्यर्ताले वर्षमा १५ दिन कृषिमा आधारित शारीरिक श्रम गर्नुपर्ने बताएका छन् ।

अध्यक्ष प्रचण्डले पार्टीको आठौं महाधिवेशनको बन्दसत्रमा वैचारिक प्रतिवेदन पेश गर्दै यस्तो प्रस्ताव राखेका हुन् ।

प्रतिवेदन वाचन गर्ने क्रममा अध्यक्ष प्रचण्डले आफ्नो पार्टीको नेतृत्व रहेको स्थानीय तहमा १०० जना युवालाई कृषि काममा लगाउने पनि प्रस्ताव गरेका गरेका छन् भने, संगठन बलियो भएको स्थानमा ५० युवालाई कृषि काममा लगाउने प्रस्ताव अघि सारेका छन् ।

प्रचण्डले पार्टीका कार्यर्तालाई उत्पादनसँग जोड्न आफुले यस्तो प्रस्ताव राखेको बताएका छन् । साथै प्रचण्डले कार्यर्तालाई प्रत्यक्ष रोजगारी दिने गरी कृषि उद्यम बजार केन्द्र, चिस्यान केन्द्रसम्बन्धी उद्योग स्थापना गर्ने पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर