वैचारिक राजनीतिक प्रतिवेदन पेश गर्दै प्रचण्डले गरे आफ्नो यी तिन गल्तीको स्विकार — OSNepal

वैचारिक राजनीतिक प्रतिवेदन पेश गर्दै प्रचण्डले गरे आफ्नो यी तिन गल्तीको स्विकार

LC (KTM) December 27, 2021 0

काठमाडौं १२ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको जारी आठौं महाधिवेशनको बन्द सत्रमा राजनीतिक प्रतिवेदन पेश गर्दै आत्मसमिक्षा गरेका छन् ।

आफुले तिन वटा गल्ती गरेको भन्दै प्रचण्डले त्यसको आत्मसमिक्षा गरेका हुन् ।

 वैचारिक राजनीतिक प्रतिवेदन पेश गर्दै प्रचण्डले विद्रोहको कुरै गर्नु हुँदैनथ्यो, त्यहाँ गल्ती भयो  भन्दै  पालुङटारमा भएको पार्टीको विस्तारित बैठकपछि मुखमा चुनाव मनमा विद्रोहको नीति लिनुलाई पहिलो    मानो  छन् । 

दोस्रोमा समायोजनका क्रममा पार्टीमा छलफल नगर्नु प्रतिवेदन पेश गर्ने क्रममा उनले भनेका छन्, ‘सेना समायोजनका बेला पर्सनल बिजनेस डिलजस्तो गरियो, केन्द्रीय समितिको म्याण्डेट पनि लिइएन साथै पार्टीमा छलफल पनि नगरिएको भन्दै आफ्नो यो दोस्रो गल्ति भएको बताएका छन् ।

प्रचण्डपथलाई हठात् स्थगित गर्नु आफ्नो तेस्रो गल्ती भएको बताएका उनले प्रचण्डपथ पुनर्स्थापित गर्नुपर्छ भन्ने नभएको पनि स्पष्ट पारेका छन् ।

यसबारे पार्टीको कुनै तहमा छलफल पनि भएन, कि प्रचण्डपथ विचार नै होइन भन्नुपथ्र्यो, विचार थियो भने(यसलाई स्थगित गर्नेबारे) छलफल गर्नुपथ्र्यो’ यो मेरो तेस्रो गल्ती हो प्रचण्डले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर