पछिल्लो २४ घण्टामा कोरोनाबाट निको हुनेको संख्या भन्दा संक्रमितको संख्या बढी — OSNepal

पछिल्लो २४ घण्टामा कोरोनाबाट निको हुनेको संख्या भन्दा संक्रमितको संख्या बढी

LC (KTM) December 27, 2021 0

काठमाडौं १२ पौष । पछिल्लो २४ घण्टामा नेपालमा थप २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसँगै नेपाल मा आज सम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख २३ हजार ६७३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ९ हजार १ सय ५७ जनाको पीसीआर परीक्षण गर्दा २५१ जना र १ हजार ७ सय २९ जनाको एन्टीजेन परीक्षण गर्दा २० जना गरी २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैगरी पछिल्लो २४ घण्टामा २२५ जना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ८ लाख ११ हजार ५ जना पुगेको छ ।

साथै पछिल्लो संक्रमित मध्ये १ जनाको ज्यान गएको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५८६ पुगेको छ ।

कोरोनाका बिरामीमध्ये ७८ जना आईसीयू र २३ जना भेन्टिलेटरमा उपचार गराइरहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर