देउवाले एमसीसी पास गर्नुपर्छ सित्तैमा आएको पैसा हो भन्दै गर्दा प्रचण्डले भने,एमसीसी परिमार्जन विना पारित गर्न सकिँदैन — OSNepal

देउवाले एमसीसी पास गर्नुपर्छ सित्तैमा आएको पैसा हो भन्दै गर्दा प्रचण्डले भने,एमसीसी परिमार्जन विना पारित गर्न सकिँदैन

LC (KTM) December 27, 2021 0

काठमाडौं १२ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आठौं महाधिवेशनको बन्दसत्रमा संशोधन विना एमसीसी पास नहुने बताएका छन् ।

आइतबार उद्घाटन सत्रमा शुभकामना दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्नुपर्छ सित्तैमा आएको पैसा हो , भनेका थिए ।

त्यसको भोली पल्टै अध्यक्ष प्रचण्डले सोमबार अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता परिमार्जनविना पारित गर्न नसकिने स्पष्ट पारेका हुन् ।

राजनीति प्रतिवेदन पेश गर्दै प्र्रचण्डले ‘परिमार्जनसहित राष्ट्रिय हित अनुकुल बनाएर पारित गरिने बताएका छन् ।

प्रचण्ड र देउवाको एमसीसीको विषयमा लिएर फर मत भएपछि गठवन्धनमा चिसो पसेको छ ।

अध्यक्ष प्रचण्डले २ घण्टा १८ मिनेट लगाएर राजनीतिक प्रतिवेदन वाचन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर