माओवादीको केन्द्रीय सदस्यमा १० प्रतिशत मनोनीत गरिने — OSNepal

माओवादीको केन्द्रीय सदस्यमा १० प्रतिशत मनोनीत गरिने

LC (KTM) December 27, 2021 0

काठमाडौं १२ पौष । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्द सत्रमा स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका छन् ।

गुरुङले विधान मस्यौदा प्रस्तुत गर्ने क्रममा केन्द्रीय सदस्यमा १० प्रतिशत मनोनीत गर्ने प्रावधानलाई प्रस्ताव गरिएको बताएका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेपछि गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका हुन् ।

गुरुङले विधान मस्यौदा प्रस्तुत गर्दै १५ जना पदाधिकारी र २९९ जना सदस्यीय हुने जनाएका हुन् ।

गुरुङले प्रस्तुत गरेका विधान मस्यौदा अनुसार एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्षसहित १५ सदस्यीय पदाधिकारी रहने भएका छन् ।

आइतबार बाट जारी महाधिवेशन पौष १५ गते सम्म चल्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर