माधव नेपाल सहित १४ जना विरुद्ध ओलीले सर्वोच्चमा दायर गरेको रिटमा पेसी तोकियो — OSNepal

माधव नेपाल सहित १४ जना विरुद्ध ओलीले सर्वोच्चमा दायर गरेको रिटमा पेसी तोकियो

LC (KTM) December 27, 2021 0

काठमाडौं १२ पौष । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहित १४ जना विरुद्ध नेकपा एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिटमा पेसी तोकिएको छ ।

अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोग र सभामुख अग्नि सापकोटालाई विपक्षी बनाएर दायर गरेको रिट पेसीमा तोकिएको हो ।

उक्त पेसी गोलाप्रथाबाट न्यायाधीशद्वय तेजबहादुर केसी र टंकबहादुर मोक्तानको इजलासमा परेको छ ।

३६ औं नम्बरमा परेका मुद्धाको सुनुवाई हुने या नहुने त्यो भने टुंगो लागेको छैन ।

गत साउन २७ गते अध्यक्ष ओलीले पार्टीको नियमविपरित कार्य गरेको भन्दै नेपालसहित १४ सांसदलाई निष्कासन गरेको पत्र निर्वाचन आयोग र संसद सचिवालयमा पठाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर