अध्यक्ष प्रचण्डबाट बन्द सत्रको सम्बोधन — OSNepal

अध्यक्ष प्रचण्डबाट बन्द सत्रको सम्बोधन

LC (KTM) December 27, 2021 0

काठमाडौं १२ पौष । नेकपा माओवादी केन्द्रको बन्दसत्र सुरु भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको बन्द सत्रमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन सुरु गरेका छन् ।

सुर भएको बन्द सत्रमा अध्यक्ष प्रचण्डले आफ्नो राजनीति प्रतिवेदन प्रस्तुत् गर्ने भएका छन् ।

पार्टीले बन्दसत्र सञ्चालनका लागि ७ जनाको अध्यक्षमण्डल चयन गरेको छ ।

जसमा कृष्ण बहादुर महरा, गणेश शाह, गिरिराजमणि पोखरेल, परशुराम तामाङ, पूर्णकुमारी सुवेदी र परशुराम रम्तेल र रुपा महर्जन रहेका छन् ।

यो पनि…

माओवादी केन्द्रको महाधिवेशनको बन्द शत्र सुरु , अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन प्रस्तुत गरिने

काठमाडों १२ पौष । नेकपा माओवादी केन्दको जारी आठौंं महाधिवेशनको बन्द शत्र सुरु भएको छ । महाधिवेशनको उदघाटन समारोह सम्पन्न भएसँगै सोही स्थान कमलादीस्थित प्रज्ञा भवन सोमबार बन्द शत्र सुरु भएको हो ।

सुरु भएको बन्द शत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदनहरु पेस हुने र ती प्रतिवेदनहरुमा समूहगत तथा नयाँ नेतृत्व चयनको विषयमा समेत छलफल हुने भएको छ ।

महाधिवेशन अगाडी बसेको पार्टीको केन्द्रीय समितिको बैठकले विधानमा १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव राखेको थियो ।

१५ जना पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहने भएको छ ।

साथै बन्द शत्रमा पेश गरिएको राजनीतिक र विधान पारित भएपछिमात्र नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडी बढाइने भएको बताइएको छ ।

समुहगत छलफलको लागि २८ वटा समुह बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर