काठमाडों १२ पौष । नेकपा माओवादी केन्दको जारी आठौंं महाधिवेशनको बन्द शत्र सुरु भएको छ । महाधिवेशनको उदघाटन समारोह सम्पन्न भएसँगै सोही स्थान कमलादीस्थित प्रज्ञा भवन सोमबार बन्द शत्र सुरु भएको हो ।
सुरु भएको बन्द शत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदनहरु पेस हुने र ती प्रतिवेदनहरुमा समूहगत तथा नयाँ नेतृत्व चयनको विषयमा समेत छलफल हुने भएको छ ।
महाधिवेशन अगाडी बसेको पार्टीको केन्द्रीय समितिको बैठकले विधानमा १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव राखेको थियो ।
१५ जना पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहने भएको छ ।
साथै बन्द शत्रमा पेश गरिएको राजनीतिक र विधान पारित भएपछिमात्र नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडी बढाइने भएको बताइएको छ ।
समुहगत छलफलको लागि २८ वटा समुह बनाइएको छ ।