सुकेटार विमानस्थलको नाम परिवर्तन भएकोप्रति दलहरुको आपत्ति,सच्याउन सरकारसँग माग — OSNepal

सुकेटार विमानस्थलको नाम परिवर्तन भएकोप्रति दलहरुको आपत्ति,सच्याउन सरकारसँग माग

LC (KTM) May 30, 2021 0

ताप्लेजुङ १६ जेठ-सरकरले ताप्लेजुङस्थित सुकेटार विमानस्थलको नाम परिवर्तन गरेकोप्रति यहाँका राजनीतिक दलले आपत्ति जनाएका छन् । सरकारले विमानस्थलको नाम परिवर्तन गरेर ताप्लेजुङको पहिचान र इतिहास माथि आ क्रमण गर्न खोजेको भन्दै यहाँका सात राजनीतिक दलले गम्भीर आपत्ति जनाएका हुन् ।

विकासका नाममा स्थानीय जनताको मौलिकता माथि हुने हस्तक्षेप कुनै हालतमा स्वीकार गर्न नसकिने भन्दै उनीहरुले यसलाई सच्याउन सरकारसँग माग गरेका छन् । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र सङ्घीय लिम्बूवान मञ्च नेपालले संयुक्त रुपमा आइतबार विज्ञप्ती जारी गर्दै यसलाई नसच्याए सशक्त प्रतिरोध गर्ने जनाएका छन् । सरकारले शनिबार बजेट सार्वजनिक गर्दै सुकेटार विमानस्थलको नाम परिवर्तन गरी रवीन्द्र अधिकारी विमानस्थल नामकरण गर्ने जनाएको थियो ।  (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर