हलिउड मुभी वुमन्स स्टोरी , जसमा ६ अलग महिलाका कथामा ६ जना महिला निर्देशकले नै निर्देशन गर्दै , जैकलीन फर्नाण्डिसले पुलिसको भुमीका खेल्दै — OSNepal

हलिउड मुभी वुमन्स स्टोरी , जसमा ६ अलग महिलाका कथामा ६ जना महिला निर्देशकले नै निर्देशन गर्दै , जैकलीन फर्नाण्डिसले पुलिसको भुमीका खेल्दै

LC (KTM) May 30, 2021 0

हलिउड फिल्म वुमन्स स्टोरीज एकदमै पृथक खालको फिल्म बनिदैछ । यो फिल्म ६ वटा पार्टमा निर्माण हुदैछ । यस भित्र ६ वटा अलग कथाहरु रहनेछन् जसलाई ६ जना अलग अलग महिला निर्देशकले निर्देशन गर्नेछन् ।

साथै सबै फिल्मका कलाकार पनि महिला नै रहने बताइएको छ । बलिउडका धेरै जसो सेलिब्रेटीहरुले हलिउडमा पनि स्थान बनाउन थालेका छन् । अमिताभ बच्चन, प्रियंका चोपडा, दिपीका पादुककोण, ऐश्वर्या राय लगायतले हलिउडमा आफ्नो कलाकौशल देखाईसकेका छन् ।

त्यस्तै अब यस फिल्ममा जैकलीन फर्नाण्डिसले पनि हलिउडमा डेब्यु मार्ने भएकी छिन् । जैकलीन संग जोडिएको एक खबर पनि बाहिर आएको छ । त्यो के हो भन्दा खेरी उनले यो फिल्ममा महिला पुलिस अफिसरको भुमीका निर्बाह गर्ने बताइएको छ ।

यस फिल्मको निर्देशन लीना यादवले गरिरहेकी छिन् । यसमा अलग आलग ६ कहानी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर