राती २ बजे लाईन लागेर किनेको दुधमा भेटियो यस्तो, तताउँदा बोसे आन्द्रो जस्तो (भिडियो) — OSNepal

राती २ बजे लाईन लागेर किनेको दुधमा भेटियो यस्तो, तताउँदा बोसे आन्द्रो जस्तो (भिडियो)

LC (KTM) May 30, 2021 0

केही दिन यता सामाजिक सञ्जालमा राष्ट्रिय पशु प्रजनन् कार्यालय, पोखराको भिडियो भाइरल भई रहेका छन् । भिडियोमा उक्त कार्यालयबाट विक्रि गरिएको दुधमा अखाद्य बस्तु भेटिएको बताइएको छ ।उमाल्दा÷उमाल्दै दुध तन्किन थालेपछि केही उपभोक्ताले टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालमा पोष्ट्याएका छन् । उपभोक्ताहरुले दुध उमाल्दा बोसे आन्द्रो जस्तो बनेको, मुछेको पिठो जस्तो बनेको भिडियो नै देखाएका थिए ।

बिगत ६० बर्ष देखी उक्त कार्यालयले उपभोक्तालाई दुध बिक्री गर्दै आएको छ ।यसले दुधमा अखाद्य बस्तु मिसाइएको आशंका उब्जाएको छ । तर, मेसिन बिग्रिएर दुध प्रशोधन गर्न नपाउदा यस्तो समस्या आएको कार्यालयले स्पष्टिकरण दिएको छ ।

निषेधाज्ञाको समयावधि थपिदै आएको हुँदा मेसिन मर्मतमा थप समस्या भएको कार्यालयका प्रमुख पशु विकास अधिकृत नारायणप्रसाद शर्माले जानकारी दिए । उपभोक्ताहरु फाटेको दुध नै बोकेर कार्यलय पुगेका थिए । हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर