काठमाडौँसहित देशभर ह्वात्तै बढ्यो चिसो, आजभन्दा भोली झनै मौसम प्रतिकूल रहने — OSNepal

काठमाडौँसहित देशभर ह्वात्तै बढ्यो चिसो, आजभन्दा भोली झनै मौसम प्रतिकूल रहने

LC (KTM) December 27, 2021 0

काठमाडौं, १२ पुस । पश्चिमी नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशभर फैलने क्रममा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति पहाडी तथा हिमाली भूभागमा सामान्य देखि पूर्णतया बदली र तराइका भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

मंगलबार र बुधबार सो प्रणालीले देशभर फैलिई सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षा हुने महाशाखाले आँकलन गरेको छ । उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

सो प्रणाली बिहीबार देखि क्रमिक रुपमा कमजोर बन्दै जाने सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर