एपीएफ क्लबलाई पीएम कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि — OSNepal

एपीएफ क्लबलाई पीएम कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि

LC (KTM) December 26, 2021 0

विभागीय टिम एपीएफ क्लबले पीएम कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । जित संगै एपीएफले नगद ५ लाख रुपैया समेत हात पारेको छ । प्रदेश नम्बर १ भने उपबिजेतामै सिमित भएको छ । प्रदेश १ ले उपबिजेता बने संगै ३ लाख रुपैयामा चित्त बुझाउनु परेको छ ।

धनगढीमा आज सम्पन्न फाइनल खेलमा प्रदेश नम्बर १ लाई ७ विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो ।फाप्ला क्रिकेट मैदानमा प्रदेश १ ले दिएको ६८ रनको लक्ष्य एपीएफले १४ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गरेको थियो । एपीएफको जितमा ज्योति पाण्डेले अविजित रहदै ३६ , ममता चौधरीले अविजित १९ रन बनाएकी थिईन । प्रदेश १ का लागि कप्तान रुबिना क्षेत्रीले ३ विकेट लिए पनि आफ्नो टोलीलाई हार बाट जोगाउन सकिनन् ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले २० ओभरमा ६ विकेट गुमाएर ६७ रनको योगफल तयार गरेको थियो । प्रदेश १ का लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३४ रन जोडिन । अप्सरी बेगमले ११ रन जोड्दा कंजल श्रेष्ठ ४ रनमा आउट भईन ।अन्यले राम्रो खेल्न सकेनन् । एपीएफका सिता राना मगरले ३ विकेट लिईन् । यस्तै रेखा रावलले २ तथा करुणा भण्डारीले १ विकेट लिईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर