अनुसा थापा- नेपालका विभिन्न वित्तिय संस्था तथा बैंकफाइनेन्सहरुमा तरलताको अभाव भएको देखिन्छ । सर्वसाधारणले बैंकखातामा लगेर मुद्धती र बचत खातामा राखिएको रकमहरु निकाल्न जाँदा खेरि पर्याप्त मात्रामा पैसा नपाउने अवस्थाको सिर्जना भइसकेको छ ।
आफ्नो खातामा पर्याप्त मौज्दात रहेपनि भनेजति रकम पाइरहेको अवस्था छैन् । वित्तिय संस्थामा पैसा निकाल्न जाँदा बैंकमा नभएको जवाफ नपाउदै फर्किनुपर्ने स्थिति छ । बैंक लगायतका संस्थामा रकमको अभाव चुलिएपछि डिपोजिट वालहरुले रकम आवश्यकता पर्दा पनि निकाल्न पाइरहेको छन् ।
त्यसको सट्टा बैंकफाइनेन्सले व्याज बढाइदिन्छौं भनेर प्रलोभन दिदैं आएको छन् भने बचतकर्ताहरुलाई आफ्नो मुद्धती खाता नवीकरण गर्नतर्फ उक्साइरहेको पाइन्छ । पर्याप्त मौज्दात नहुदा वित्तिय संस्थाले चाहिएको आधा रकम मात्र वितरण गरिरहेको छन् ।
रकम नभएको खण्डमा तीन घण्टासम्म कुराइदिन्छन् । अहिले अधिकांश वित्तिय संस्था धरासायी बनेको आशंका गरिएको छ । र यो कार्यले पनि यसकै संज्ञा दिएको छ । सहकारीहरुको हाल पनि उही नै छ । सहकारीमा खाता भएकाहरु एक लाखको चेक लिएर गयो भने चेक नै साट्दैनन् ।सहकारीहरुले भोलिपर्सी भन्दै झुल्याउने गरेको छन् । वित्तिय संस्थाहरु धरासायी बन्नुको कारणः औधोगिक क्षेत्रभन्दा अचल सम्पत्तितिर लगानी गर्नु । जस्तैः बैंकले उधोगमा लगानी गर्नको सट्टा घरजग्गा, गाडी र सेयरमा लगानी गर्न रुचाउछन् । बैंकको मँहगो व्याज तिर्नसक्ने स्थिति अहिले कसैमा पनि छैन् ।
डिपोजिट गर्नेलाई जम्मा तीनदेखि पाँच प्रतिशत सम्म व्याज दिन्छन् । तर, बैंकबाट धितो राखेर ऋण लिनेले मासिक बीस प्रतिशतसम्म व्याज र तीन प्रतिशत सेवाशुल्क लिन्छ । घरजग्गा, सेयर, निजी प्लेटका सवारीमा लगानी गर्नु नै जोखिमपुर्ण छ ।मँहगो व्याज तिनसक्ने अवस्था छैन् । थोरैव्याजमा रकम डिपोजिट गर्न सर्वसाधारण तयार छैनन् । त्यसैले पनि वित्तिय संस्था धरासायी बनेका छन् । अहिलेको अर्थतन्त्र निकै नै उथलपुथल बनेको छ । दैनिक तरलता बढिरहेको छ तापनि बैक फाइनेन्सको चेत खुलेको छैन् ।
घुस खाएर बैंकफाइनेन्सले घरजग्गा जस्ता अचल सम्पत्तिमा लगानी गरिरहेको छ । कर्जा अहिले पनि रोकिएको छैन् । यता, घरजग्गा, निजी प्लेटको गाडीको मुल्य घटेको बताइन्छ । नेप्सेमा पनि निकै नै गिरावट आएको छ । मुलुकको अर्थतन्त्र नै टाँठ पल्टिसक्दा पनि अर्थ मन्त्रालय आँखा चिम्लेर बसेको छ ।नेपालमा व्यापार घाटा पनि उत्तिकै छ । निर्यातको तेब्बर आयात भइरहेको देखिन्छ । व्यापार घाटा हुनु त स्वाभाविक पनि हो । हरियो तरकारीदेखि लिएर गुन्द्रक भारतबाट आयात हुन्छ । चामल, पिठो, तेल, लत्ताकपडा पनि भारतकै भर हो । नेपालमा न केही उब्जनी हुन्छ न त खेती गर्नलाई जमिन नै बाँकी छ ।
त्यसैले पनि नेपाल धरासायी बन्न पुगेको हो । केही दिनअघि एउटा कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी ओलीले शेरबहादुर देउवाको सरकारले केही गर्न नसकेको गुनासो गरेका थिए । देउवाको सरकारले एउटा सामान्य काम सम्म नगरेको ओलीको ठहर छ । देउवा कै कारण अर्थतन्त्र धरासायी बनेको ओलीले बताए ।ओलीले बैंकफाइनेन्समा तरलताको अभाव भएकोबारे जानकारी समेत गराएका थिए । बैकहरुले अहिले पाँच लाखको चेकसम्म साट्न सक्दैन उनले भने देश नै धरासायी बनिसकेको छ । वित्तिय संस्थाको एकैचोटि बढी कमाउने प्रलोभनले गर्दा पनि यस्तो हाल बनेको हो ।
बैकफाइनेन्सले चाहिएभन्दा धेरै कमाउने उदेश्य राख्दा र सर्वसाधारण ठग्दा पनि यस्तो अवस्था आएको छ । वित्तिय क्षेत्रमा जति लुट अरुमा सायदै छ होला । यिनीहरुले छोटो समयमा जसरी भएपनि धेरै कमाउने उदेश्य राख्छन् । जसले गर्दा सर्वसाधारणको विश्वास वित्तिउ संस्थाबाट हट्दै गएको छ ।हाल अधिकांशले आफुसंग भएको पैसा घरमै राख्छन् । बरु खाँचो परेको विभिन्न व्यक्तिहरुलाई व्याजमा दिन्छन् । कर्जा लिनेले पनि वित्तिय संस्थाहरुबाट ऋण लिन छाडिसकेका छन् । व्यक्तिसंगै ऋण लिन रुचाउछन् । बैंकमा जस्तो झन्झट बोकेर हिड्नुुपर्ने बाध्यता पनि हट्छ । यता, धितो पनि देखाउन जरुरी रहदैन् ।
वित्तिय संस्थाहरुले गलत ठाँउमा कर्जा लगानी गर्दा यस्तो अवस्था बनेको अर्थविद्हरुको भनाइ छ । बजारमा हाल पनि सेयर दलालीहरुले सेयरको मुल्य बढ्छ भनेर हल्ला फिजाइरहेका छन् । सिधासाधी जनतालाई सेयर किन्न लाएर फसाइरहेको छन् ।
घरजग्गाको मुल्य बढ्छ भन्दै यस क्षेत्रमा लगानी गर्न जग्गा दलालीहरुले लगाइरहेका छन् । निजी प्लेटका सवारी बेच्ने अटोशोरुमहरुले पनि त्यही नै गरिरहेको छन् । बैंकका चेयरम्यान र म्यानेजरहरु कमिशनको लोभमा गलत ठाँउमा लगान िगर्न उत्सहित भइरहेका छन् ।
ऋर्थतन्त्र धरासायी बनाउनमा यिनहिरुको ठुलो हात छ । मुलुकको खस्किदो अर्थतन्त्रले सरकारी कर्मचारीसमेत बेतलब हुनुपर्ने देखिएको छ । सामानको मुल्य बढेर सीमा नाघिसक्यो । अनुगमन रद्दीभर पनि छैन् ।
अर्थ मन्त्रालयमा बस्नेहरु पनि त्यस्तै रहेछन् अज्ञानताले भरिएका ।ऋहिलेका अर्थमन्त्रीलाई अर्थको विषयमा केही पनि थाहा छैन् । उनकै हातबाट अर्थतन्त्र धरासायी बनेको छ । यस्तो अर्थमन्त्रीले राजीनामा दिदाँ राष्ट्रलाई नि फाइदा यता जनतालाई नि फाइदा । अर्थ मन्त्रालयको कर्मचारीहरु अर्थतन्त्र ठिक ठाँउमा छन् भनेर दाबी गर्दै आएका छन् ।
नेपाल राष्ट्र बैंकले समयमै सोच विचार पुप्याएको भए अर्थतन्त्रले सिद्धिएको रुप सायदै देख्थ्यो होला । भौतिक विलासिता वस्तुमा कर्जा रोक लगाउन राष्ट् बैकले सकेन् । जसले गर्दा नेपालको अर्थतन्त्रलाई ठुलो धक्का लागेको छ । अहिले निजी क्षेत्रद्धारा सञ्चालित बैंकफाइनेन्समा जनताले पैसा राख्न छोडिसके ।
यिनीहरु माथि जनताले विश्वास गर्न छोडिसकेका छन् । निजी बैंकफाइनेन्समा डिपोजिट गरिएका रकम जतिबेला पनि डुब्न सक्छ । जनताले खाइनखाइ बचाएको रकम डुंगामा तैरिएको छ । कतिबेला पल्टिन्छ कसैलाई अत्तोपत्तो छैन् । मँहगो व्याजको लोभमा वित्तिय संस्थाहरुले जहीतही पैसा रोपेका छन् ।विरुवाभन्दा धेरै घरजग्गामा बैंकफाइनेन्सले पैसा रोपेका छन् । कहाँ र कतिबेला पैसा डुब्ने हो कसैलाई थाहा छैन् । निजी क्षेत्रको लगानी एक किसिमको असुरक्षित लगानी हो ।