अपराजित रहदै नेपालको महिला भलिबल टोली एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको फाइनलमा — OSNepal

अपराजित रहदै नेपालको महिला भलिबल टोली एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको फाइनलमा

LC (KTM) December 26, 2021 0

नेपालको महिला भलिबल टोली अपराजित रहदै बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको फाइनलमा प्रबेश गरेको छ । बंगलादेशको ढाकामा आज सम्पन्न खेलमा उज्वेकिस्तानलाई ३ ० को सोझो सेटमा हराउँदै नेपाल फाइनलमा प्रबेश गरेको हो ।

साविकको विजेता नेपालले उज्वेकिस्तानमाथि २५-२०,२५-२३ र २५-१४ को जित निकालेको हो । अपराजित नेपालको यो लगातार चौंथो जित हो । यस अघि नेपालले पहिलो खेलमा श्रीलंकालाई ३-२ सेटमा हराएको थियो । दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३-० र तेस्रो खेलमा बंगलादेशलाई ३-० को सेटमा हराएको थियो ।

नेपालले ४ खेलमा ११ अंक जोड्न सफल भएको छ । नेपाल अंक तालिकाको शीर्ष स्थानमा समेत उक्लिएको छ ।उज्वेकिस्तानको ९ अंक रहेको छ । उज्वेकिस्तानको समेत फाइनल पुग्ने सम्भावना रहेको छ । नेपालले अन्तिम खेलमा भोली किर्गिस्तान संग प्रतिष्पर्धा गर्दैछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर