स्वार्थमा अल्झँदा महान उद्देश्य तर्फ बढ्न सकिएन : शंकर पोखरेल — OSNepal

स्वार्थमा अल्झँदा महान उद्देश्य तर्फ बढ्न सकिएन : शंकर पोखरेल

LC (KTM) December 26, 2021 0

काठमाडौं ११ पौष । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै गन्तव्य एउटै भएपनि फरक बाटोमा किन भएको भन्दै प्रश्न गरेका छन् ।

नेकपा माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता पोखरेलले यस्तो बताएका हुन् ।

स्वार्थमा अल्झँदा महान उद्देश्य तर्फ बढ्न नसकेको भन्दै पोखरेलले नेकपाको रक्षा गर्न नसकेकोमा दोष दिएर उम्कन नमिल्ने बताएका छन् ।

राष्ट्रियता र पूर्वाधारको विकासमा सबै दल एक हुनुपर्ने भन्दै सम्बोधन गरेका उनले भने, ‘यो देशले निर्माणमा क्रान्ति खोजेको छ ।’ परिवर्तन कुनै दल विशेषको कारण मात्र नभई सामूहिकताको परिणाम हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर