हामीमा भएको त्रुटि नसच्याए भोलि जनताले हामीलाई पत्याउने छैनन् :माधव नेपाल — OSNepal

हामीमा भएको त्रुटि नसच्याए भोलि जनताले हामीलाई पत्याउने छैनन् :माधव नेपाल

LC (KTM) December 26, 2021 0

काठमाडौं ११ पौष । नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफुहरुमा भएको त्रुटि नसच्याए भोलि जनताले आफुहरुलाई नपत्याउने बताएका छन् ।

नेकपा माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् । वर्तमान अवस्थामा पनि नेताहरुले जनताको विश्वास जित्न नसकेको भन्दै नेपालले देशमा भ्रष्टचारले नेताहरूप्रति जनता विश्वस्त हुन नसकेको जानकारी गराएका हुन् ।

नयाँ नेपाल निर्माण गर्ने विषयमा वृहत्तर छलफलको जरुरी रहेको बताएका उनले राष्ट्रियतको नाममा दास र एउटा व्यक्ति र वंशको तानाशाही स्वीकार्य नहुने बताएका छन् ।

नेताहरु नियम, कानून, विधि र विधानमा बाँधिन नचाहेको पनि गुनासो समेत सम्बोधनमा नेपालले गरेका छन् ।

देशमा अहिलेपनि अन्याय, अत्याचार, विभेद, शोषण र उत्पीडन विद्यमान र रहेकोले सबै कुरा अन्त्यको लागि दलहरुमा एकताको खाँचो रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर