काठमाडौं ११ पौष । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले गणतन्त्र, संघीयता र समावेशी नै धरापमा पर्न थालेको बताएका छन् ।
नेकपा माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष अयादवले यस्तो बताएका हुन् ।
यस्ता धरापमा परेका राजनीतिक उपलब्धीहरुको रक्षाको लागि संविधान संशोधन र परिमार्जन अतिआवश्यक भएको उनले बताएका छन् ।
माओवादी सशस्त्र युद्ध र यसको जगमा भएको मधेश विद्रोहले गणतन्त्र ल्याएको बताएका उनले संघीयता, समावेशी र गणतन्त्रको विकल्प हुनै नसक्ने भन्दै उनले एमालेलाई लक्षित गर्दै संसदमा अवरोध गर्नुको कुनै तुक नरहेको बताएका छन् ।
बै पक्षको माग सम्बोधन गरेर राष्ट्रिय एकता कायम गर्नुपर्ने अध्यक्ष यादवले जोड दिएका छन् ।