...त्यो घोषित लक्ष्यलाई कसले अपहरण गर्‍यो ? यसको समिक्षा माओवादीले गर्नुपर्छ : सीपी मैनाली — OSNepal

…त्यो घोषित लक्ष्यलाई कसले अपहरण गर्‍यो ? यसको समिक्षा माओवादीले गर्नुपर्छ : सीपी मैनाली

LC (KTM) December 26, 2021 0

काठमाडौं ११ पौष । नेकपा (माले)का महासविच सीपी मैनालीले आइतबार नेकपा (माओवादी केन्द्र)को ८औं महाधिवेशनमा शुभकामना दिएका छन् ।

शुभकामना दिने क्रममा उनले त्यो घोषित लक्ष्य किन पूरा भएन भन्दै एउटा चिजका लागि आन्दोलन गरेको भएपनि अर्कै चिज प्राप्त भन्दै प्रश्न गरेका छन् ।

उनले भनेका छन्, ‘एउटा लक्ष्य प्राप्तिका लागि गरिएको आन्दोलबाट किन अर्कै प्राप्त भयो ?त्यो घोषित लक्ष्य किन पूरा भएन ?’

 मैनालीले यसको   समिक्षा गर्न समेत   माओवादी केन्द्रलाई आग्रह   गरेका  छन् । 

आन्दोलनले उत्पीडित राष्ट्रलाई स्वतन्त्रता दिन सक्दैन भन्ने माक्र्सवाद सिद्धान्त विपरीत काम गरिरहेको बताएका उनले अघि भनेका छन्, ‘माक्र्सवाद उत्पीडित जनता र उत्पीडित राष्ट्रहरुको पक्षधर, सर्वाहारा वर्गीय विज्ञानसम्मत सिद्धान्त हो । बीचमा उत्पीडक शासकहरुद्वारा सञ्चालित राज्यहरु पनि छन् । ‘

माक्र्सवाद सिद्धान्त विपरीत काम गरिरहेकोले कसरी आफु २४ क्यारेट माक्र्सवाद हो भनेर आफूलाई दाबी गरिरहेको छ उनले प्रश्न गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर