न्याय सम्पादन गर्न नसक्ने प्रधानन्यायाधीश जवरा असक्षम हुनुहुन्छ ,उहाँ पदमा बसिरहन संविधानले दिँदैन: बारा अध्यक्ष श्रेष्ठ — OSNepal

न्याय सम्पादन गर्न नसक्ने प्रधानन्यायाधीश जवरा असक्षम हुनुहुन्छ ,उहाँ पदमा बसिरहन संविधानले दिँदैन: बारा अध्यक्ष श्रेष्ठ

LC (KTM) December 26, 2021 0

काठमाडौं ११ पौष । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसियसनले विगत डेढ महिना देखि आफ्नो आन्दोलन जारी राखेको छ ।

न्याय सम्पादनको बाधकको रुपमा प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने भन्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आइतबार सञ्चारमाध्यहरुसँग कुरा गर्दै भनेका छन् ।

स्वतन्त्र र स्वच्छ न्यायपालिका मानवअधिकारको मेरुदण्ड भएकोले न्यायपालिकाभित्र विकृति, विसंगति हुन नहुने बताएका श्रेष्ठले न्यायपालिकाभित्र विकृति, विसंगति तथा अनियमितता, भ्रष्टाचार र बिचौलियाहरुले प्रवेश पाएको र प्रभाव बढ्दै गएका कारण न्यायपालिकाको स्वतन्त्रतामाथि गम्भीर प्रहार भएको दावी समेत गरेका छन् ।

‘संविधानको धारा १२६ अनुसार न्याय सम्पादनको नेतृत्व लिएका चोलेन्द्र शमशेरले न्याय सम्पादन गर्न नसकेकोले उहाँ असक्षम हुनुहुन्छ, उहाँ पदमा बसिरहन संविधानले दिँदैन,’ उनले भने।

न्यायपालिकाभित्रको अनियमितता, भ्रष्टाचार एवं बिचौलिया अन्त्य गर्नका लागि आवश्यक कदम चाल्न सम्बन्धित सबैको ध्यानाकर्षण समेत गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर