संवैधानिक इजलासमा बस्ने न्यायाधीशहरुको परिर्वतन हुने किन नहुने भोली टुंगो लाग्ने — OSNepal

संवैधानिक इजलासमा बस्ने न्यायाधीशहरुको परिर्वतन हुने किन नहुने भोली टुंगो लाग्ने

LC (KTM) May 30, 2021 0

काठमाडौँ १६ जेठ । संसद विघटन विरुद्धको संवैधानिक इजलासमा जारी सुनुवाई अब मंगलबार जेठ १८ गते मात्र हुने भएको छ । सुरुको दिनदेखि नै न्यायाशीधमाथि प्रश्न उठेको पछि आजको सुनुवाइ हेर्दाहेर्दैमा सकिएको हो ।

कानुन व्यावसायी गोविन्द बन्दीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा गठन भएको पाँच न्यायाधीश मध्ये वमकुमार श्रेष्ठ केसीको उपस्थितिलाई लिएर प्रश्न उठेपछि महान्यायाधिवक्ता रमेश बडाल र दुई जना सहन्यायाधिवक्ताले बहस यस विषयमा बहस गरेका थिए ।

सुनुवाइमा  को को बसे भनेर भोली निणर्य हुने भएकाले भोलीको लागि मुद्धाको सुनुवाई नहुने भएको हो । नेकता विभाजनको फैसला गरेका श्रेष्ठ संवैधानिक इजलासमा बस्न नमिल्ने भन्दै आजको बहस यतिमा टुंङगिएको हो ।प्रधानन्यायाधीश जवराले पनि न्यायाधीश छान्ने अधिकार वकिलहरूसँग नभएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर