माओवादी महाधिवेशनमा प्रतिनिधिहरुले खाना र बस्ने व्यवस्था आफैं मिलाउनुपर्ने, खाजामा मासु चिउरा भने उपलब्ध गराइने — OSNepal

माओवादी महाधिवेशनमा प्रतिनिधिहरुले खाना र बस्ने व्यवस्था आफैं मिलाउनुपर्ने, खाजामा मासु चिउरा भने उपलब्ध गराइने

LC (KTM) December 26, 2021 0

काठमाडौं ११ पौष । नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुले खाना र बस्ने व्यवस्था आफैं मिलाउनुपर्ने महाधिवेशन मूल व्यवस्थापन समिति आयोजक हिमाल शर्माले जनाएका छन् ।

आज पौष ११ गतेबाट सुरु हुने महाधिवेशन १३ गते सम्म चल्ने भएको छ । शर्माले दिएको जानकारी अनुसार ‘प्रतिनिधिहरुले खाने, बस्ने व्यवस्था आफन्त, साथिभाइ र जनताको घरमा आफैं मिलाउनुपर्ने भएको छ ।

पार्टीले खाजाको व्यवस्था भने गरेको छ । खाजामा मासु, चिउरा, पनिर लगायतका मेनु तयार पारिएको छ भने , हेर दिन फरक फरक मेनु उपलब्ध गराइने तयरी समेत भइरहेको बताइएको छ ।

महाधिवेशनमा सहभागी हुन देशभरबाट १६ सय प्रतिनिधि सहभागी हुने भएका छन् । महाधिवेशनमा सहभागी हुन प्रतिनिधिरु काठमाडौं आउने क्रम जारी रहेको छ ।

आज दिउँसो ३ बजे प्रज्ञा भवन मलादीमा हुने उद्घान सत्र पछि बन्द सत्रमा भने राजनीतिक, सांगठनिक लगायतका प्रतिवेदन पेश हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर