माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनमा १५ जना पदाधिकारी — OSNepal

माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनमा १५ जना पदाधिकारी

LC (KTM) December 26, 2021 0

काठमाडौं ११ पौष । नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय महाधिवेशनमा १५ जना पदाधिकारी रहने भएका छन् ।

जसमा जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहने भएका छन् ।

आज आइतबार बसेको पार्टीको केन्द्रिय कमिटिको बैठकले यस्तो निर्णय गरेका हो । राष्ट्रिय महाधिवेशन आज दिउँसो ३ बजे कमलादीस्थित राष्ट्रिय प्रज्ञा प्रष्तिठानमा उद्घाटन हुने भएको छ ।

यो पनि …
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा महाधिवेशनमा भयो रुपान्तरण

काठमाडौं ११ पौष । नेकपा माओवादी केन्द्रको आजबाट सुरु हुने भनिएको राष्ट्रिय सम्मेलन अन्तिम समयमा आएर राष्ट्रिय महाधिवेशनमा रुपान्तरण भएको छ ।

शुक्रबार बसेको पार्टीको स्थायी कमिटिको बैठकले सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय केन्द्रिय कमिटिको बैठकमा पेश गरेको हो । आज दिउँसो ४ बजे राष्ट्रिय सभागृह कमलादीमा महाधिवेशनको उद्घाटन हुने भएको छ ।

उद्घाटन सत्रमा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ,नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी,जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, सहित ११ राजनीतिक दललाई निम्तो दिएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओली भने उद्घाटन सत्रमा सहभागी नहुने भएका छन् । आज १२९ औं माओ जन्मजयन्तीको अवसर पारेर नेकपा माओवादी केन्द्रले राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर