काठमाडौं ११ पौष । नेकपा माओवादी केन्द्रको आजबाट सुरु हुने भनिएको राष्ट्रिय सम्मेलन अन्तिम समयमा आएर राष्ट्रिय महाधिवेशनमा रुपान्तरण भएको छ ।
शुक्रबार बसेको पार्टीको स्थायी कमिटिको बैठकले सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय केन्द्रिय कमिटिको बैठकमा पेश गरेको हो । आज दिउँसो ४ बजे राष्ट्रिय सभागृह कमलादीमा महाधिवेशनको उद्घाटन हुने भएको छ ।
उद्घाटन सत्रमा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ,नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी,जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, सहित ११ राजनीतिक दललाई निम्तो दिएको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओली भने उद्घाटन सत्रमा सहभागी नहुने भएका छन् ।
आज १२९ औं माओ जन्मजयन्तीको अवसर पारेर नेकपा माओवादी केन्द्रले राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।