मोटरबाट गहुँ सिंचाई गर्ने क्रममा करेन्ट लागेर शुखरामको ज्यान गयो — OSNepal

मोटरबाट गहुँ सिंचाई गर्ने क्रममा करेन्ट लागेर शुखरामको ज्यान गयो

LC (KTM) December 26, 2021 0

धनगढी -करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–४ आमफाँटा शिविरका अन्दाजी ४१ बर्षीय शुखराम डगौराको मृत्यु भएको हो । विद्युतीय मोटरबाट गहुँ सिंचाई गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । करेन्ट लागेर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको जोशीले बताए ।

निर्यात बढाउन उत्पादन विविधिकरणमा जोड-सरकारले आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन बढाउन उद्यमी–व्यवसायीलाई उत्पादन विविधिकरणमा लाग्न सुझाएको छ । नेपाल उनी फेल्ट उत्पादक तथा निर्यातक सङ्घलाई उत्पादन व्यापार र उत्पादन विविधिकरणमा लाग्न वाणिज्य सचिव दिनेश भट्टराईले सुझाउनुभएको हो । सङ्घको १३ औँ वार्षिक साधारणसभालाई आज ललितपुरमा सम्बोधन गर्दै उहाँले उनी फेल्ट र फेल्टजन्य उत्पादन निर्यातमा दिइएको नगद अनुदानले राष्ट्रको अर्थतन्त्रमा केही योगदान गरेको बताउँदै अझ प्रतिस्पर्धी र गुणस्तरीय उत्पादनमा लाग्न फेल्ट उद्यमीलाई आग्रह गर्नुभयो ।

अल्पविकसित देशबाट स्तरोन्नति भएपछि नेपालले विश्व बजारमा सहुलियत नपाउने भएकाले आजैदेखि गुणस्तरीय र प्रतिस्पर्धी उत्पादनमा लाग्न जरुरी भएको उहाँले बताउनुभयो । सचिव भट्टराईले गत आर्थिक वर्षमा रु छ अर्ब बराबरका फेल्ट सामग्री निर्यात भएका र चालु आवमा पनि रु तीन अर्बको हाराहारीमा फेल्टका सामान विदेश पठाइनु अर्थतन्त्रका निम्ति सकारात्मक भएकाले उत्पादन बढाउने उद्यमीहरूलाई सरकारले सधैँ प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले देशको अर्थतन्त्रलाई सुदृढ बनाउन नेपाल उद्योग, वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसङ्घलगायत संस्थाहरूले सरकारसमक्ष प्रस्तुत गरेका नीतिगत एवं संरचनागत सुधारका सुझावलाई वाणिज्य मन्त्रालयले सकारात्मक रुपमा लिएको र उद्योगधन्दाको प्रवद्र्धनलाई सरकारले उच्च प्राथमिकता दिएको स्पष्ट गर्नुभयो ।

आजै सम्पन्न साधारणसभाले नरेशलाल श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरेको छ । सङ्घको वरिष्ठ उपाध्यक्षमा महेश्वर श्रेष्ठ, उपाध्यक्षमा अमोघ धाक्ख्वा, महासचिवमा तेलबहादुर कुमाल, सचिवमा शान्ति भण्डारी र कोषाध्यक्षमा शिव अधिकारी चुनिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर