शाहरुख खान र सलमान पठान फिल्मको शुटिंगको लागि युरोप जाँदै , सलमानको यस्तो छ रोल — OSNepal

शाहरुख खान र सलमान पठान फिल्मको शुटिंगको लागि युरोप जाँदै , सलमानको यस्तो छ रोल

LC (KTM) May 30, 2021 0

कोरोनाको महामारीका कारण भारतमा फिल्म शुटिंगमा कैयौ राज्यमा रोक लगाइएको छ । कुनै देशमा भने फिल्म शुटिंगका लागि छुट दिइएको छ । यसले गर्दा फिल्म निर्मातालाई राहत मिलेको छ ।

युरोपमा अहिले फिल्म शुटिंगको लागि छुट छ । बलिउडका किंग शाहरुख खानको बहुप्रतिक्षित फिल्म पठान अब युरोपमा शुटिंग हुने भएको छ । शुटिंगका लागि शाहरुख युरोप जाँदैछन् ।

सिद्धार्थ आनन्दको निर्देशन तथा आदित्य चोपडाको प्रोडक्सनमा बन्ने यस पठान फिल्मको केही दृश्य युरोपमा शुटिंग गरिने भएको हो । शाहरुखको साथ साथै सलमान खान पनि शुटिंगका लागि युरोप जाँदैछन् ।

उनी पनि यस फिल्ममा पाहुना कलाकारको रुपमा देखिदैछन् । २ बर्ष पछि कमब्याक भएका शाहरुखको यस फिल्ममा दीपिका पादुकोण, जोन अब्राहम पनि प्रमुख रोलमा देखिदैछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर