सामाजिक सञ्जालका कारण पठन संस्कृति हराएको प्रदेश १ का सामाजिक विकास मन्त्री यादवको भनाई — OSNepal

सामाजिक सञ्जालका कारण पठन संस्कृति हराएको प्रदेश १ का सामाजिक विकास मन्त्री यादवको भनाई

LC (KTM) December 25, 2021 0

प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले पछिल्लो समय पठन संस्कृति हराउँदै गएको गुनासो गरेका छन् । उनले नैतिक शिक्षा र पठन संस्कृति हराउँदै गएकोमा चिन्ता ब्यक्त गरेका छन् । सुनसरीको इनरुवामा आज राधा सुवेदीको मुक्तक ‘युग फेरिन देउ’को विमोचन कार्यक्रमलाई संवोधन गर्दै मन्त्री यादवले विद्यालयमा नैतिक शिक्षा र नागरिकमा साहित्य पठन संस्कृति हराउँदै गएको बताएका हुन् ।

साहित्य पनि एक महत्वपुर्ण पाटो रहेको बताउँदै उनले विकास र समृद्धिका लागि साहित्यको विकास पनि आवश्यक रहेकोमा जोड दिए । आधुनिकताका नाममा विद्यार्थीहरुले मौलिक संस्कार विर्सदै गएको मन्त्री यादवको भनाई थियो । मन्त्री यादवले सामाजिक सञ्जालका कारण पठन संस्कृति हराउँदै गएको भन्दै उनले सुधार गर्न आवश्यक रहेको बताए । कार्यक्रममा साहित्यकार दधिराज सुवेदी, भरत गुरागाई, जिवनाथ पोखरेल लगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर