शुटिंगको क्रममा अभिनेत्री हिना खान माइनस तापमानमा यसरी कापिन , भिडीयो भयो भाइरल — OSNepal

शुटिंगको क्रममा अभिनेत्री हिना खान माइनस तापमानमा यसरी कापिन , भिडीयो भयो भाइरल

LC (KTM) May 30, 2021 0

अभिनेत्री हिना खानको हालै रिलीज भएको म्युजिक भिडीयो पत्थर बर्गी लाई लिएर फ्यानहरुले निक्कै तारिफ गरेका छन् । उनीहरुले हिनाको यस म्युजिक भिडीयोको प्रतिक्षा गरिरहेका छन् ।

एक्ट्रेस हिना खानले बारिश बन जाना नामको आफ्नो नयाँ गितको घोषणा गरेकी छिन् । उक्त गितको म्युजिक भिडीयो यहि जुन ३ मा रिलीज हुदैछ । उनले यस म्युजिक भिडीयोको फुटेज सामाजिक सञ्जालमा सार्वजनिक गरे संगै फ्यानहरु एकदमै एक्साइटेड बनेका छन् ।

हिनाको साथमा शाहिर शेख पनि देखिएका छन् । यस गितको शुटिंग कश्मीर क्षेत्रमा भएको हो । हिनाले इन्ष्टामा एक भिडियो शेयर गरेकी छिन् । जसमा उनलाई चारैतिर तौलियाले लपेटेको र काम्दै गरेको देख्न सकिन्छ ।

म्युजिक भिडीयो शुटिंगको दौरानमा माइनस तापमानमा थियो । त्यसमाथि बर्षा भएकोले उनलाई निकै टर्चर भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर