मन्त्रीपद गएको ११ दिन बितिसक्दा पनि फेरि मन्त्रीको मोहले छाडेनन्, बादलसहित यी सात मन्त्रीले मन्त्रिक्वार्टर — OSNepal

मन्त्रीपद गएको ११ दिन बितिसक्दा पनि फेरि मन्त्रीको मोहले छाडेनन्, बादलसहित यी सात मन्त्रीले मन्त्रिक्वार्टर

LC (KTM) May 30, 2021 0

काठमाडौं १६ जेठ । पुर्व माओवादीका नेकपा एमालेका सात मन्त्रीले आफ्नो मन्त्री पद गइसक्दा सरकारले दिएको मन्त्रिक्वार्टर नछोडिएको बुझिएको छ । मन्त्री पद गएको ११ दिन भइसक्दा पनि पार्टी अध्यक्ष केपी ओली निकट यी सात मन्त्रीले फेरि मन्त्री हुने आशमा क्वाटर नछोडेको संकेत पाउन सकिन्छ ।

सर्वोच्च अदालतले गैरसांसद भन्दै मन्त्री पदबाट मुक्त गरेको थियो । मन्त्री पदमुक्त हुनेमा गृहमन्त्री रामबहादुर थापा बादल, उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह, श्रममन्त्री गौरीशंकर चौधरी, खानेपानीमन्त्री मणि थापा र खेलकुदमन्त्री दावा लामा रहेका थिए । सर्वोच्चले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि माओवादीका यी नेताले आफ्नो पार्टी छोडी ओली समुह तिर लागेका थिए । जसको कारण माओवादी केन्द्रले सांसद पदबाट मुक्त गरेको थियो ।

यता, फेरि दोस्रो पटक संसद विघटन गरेर ओली सरकारले चुनावको समेत घोषणा गरिसकेको अवस्थामा पुन संसद विघटन विरुद्धको मुद्धा संवैधानिक इजसालमा सुनुवाई भइहेको छ । फेरि चुनावको तयारीमा लागेका ओलीले चुनावमा फेरि सातै जनालाई सहभागी गराउने विश्वास दिलाएका कारण तत्काल यी मन्त्रीले क्वाटर नछोड्ने बुझिएको छ ।

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर