सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले फ्रेन्ड्स क्लबसँग बराबरी खेलेका छन् । बराबरी खेले संगै दुबै टोलीले अंक बाडेको छ । दशरथ रंगशालामा शुक्रबार भएको खेलमा पुलिसले फ्रेन्ड्ससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।
खेल अवधिभर दुबै टोली बाट गोल गर्ने थुप्रै अवसरहरु सिर्जना भए पनि अन्ततः गोल गर्न नसके पछि एक अर्कालाई अंक बाँड्न बाध्य भए । यो बराबरीसँगै पुलिसले ६ खेलमा ६ अंक मात्र जोड्न सफल भएको छ । पुलिस लिगको आठौं स्थानमा रहेको छ। फ्रेन्ड्सले ६ खेलमा ३ अंक मात्र जोडेको छ । फ्रेन्ड्स अंक तालिकाको पुछारमा रहेको छ ।