आर्थिक वर्ष २०७८–७९ को बजेट कार्यान्वयन गरेर देखाउने मन्त्री पौडेलको दावी — OSNepal

आर्थिक वर्ष २०७८–७९ को बजेट कार्यान्वयन गरेर देखाउने मन्त्री पौडेलको दावी

LC (KTM) May 30, 2021 0

काठमाडौँ १६ जेठ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८–७९ को बजेट कार्यान्वयन गरेर देखाउने दाबी गरेका छन् ।हिजो बजेट सार्वजनिक गरेका मन्त्री पौडेलले आज आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी यस्तो प्रतिक्रिया दिएका हुन् ।

संसद विघटनको मुद्धा संवैधानिक इजलासमा सुनुवाई भइरहेको यो बाध्यकारी अवस्थामा अध्यादेशमार्फत बजेट ल्याइए पनि कार्यान्वयन गरेर देखाउने बताएका छन् ।‘यो बजेट केवल सुनाउनका लागि होइन, कार्यान्वयन गर्नका लागि ल्याइएको बताएका मन्त्री पौडेलले भने,’म विश्वास दिलाउन चाहन्छु कि कोभिड महामारीको नियत्रण रोकथाम र उपचारमा नै केन्द्रित हुनुपथ्र्यो र त्यसै अनुरुप बजेट केन्द्रित गरिएको छ । कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि प्रस्तुत गरिएका योजना कार्यक्रम कार्यान्वयन गर्छौं’ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर