यूएईमा जारी एसिसी यू १९ एसिया कपको पहिलो खेलमै नेपाललाई धक्का लागेको छ । कप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँग एक सय ५४ रनको बिशाल अन्तरले पराजित भएको छ। २ सय ९८ रनको लक्ष्य पाएको नेपालले ओभरमा सबै विकेट गुमाएर एक सय ४३ रन मात्र जोड्न सकेको थियो ।
विवेक यादब र गुल्सन झाले सातौँ विकेटका लागि ६० रनको साझेदारी गरेपनि नेपालले फराकिलो हार टार्न सकेन। नेपालले तीन रनको अन्तरमा अन्तिम चार विकेट गुमाएको थियो। टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर २ सय ९७ रन जोडेको थियो । बंगलादेशका प्रान्तिक नरोज नाबिल एक्लैले एक सय २७ रनको बिशाल रन जोड्न सफल भएका थिए ।
त्यस्तै विकेटकिपर मोहम्मद फाहिमले पनि ५८ रनको अर्धशतकीय इनिंग्स खेले । नेपालका गुल्सन झा, तिलक भण्डारी र मोहम्मद अदिल खानले एक एक विकेट लिए। नेपालले अब आफ्नो दोस्रो खेल आइतबार श्रीलंकाविरुद्ध खेल्ने छ।