काठमाडौं २७ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच सिंहदरबारमा भेटवार्ता भएको छ । कांग्रेसको संसदीय दलको कार्यालयमा सुरु भएको बैठक अहिले पनि जारी रहेको छ ।
संसद भवनमा सांसदहरुको जाने क्रम जारी रहेको हुन्दा यता प्रचण्ड र देउवा भने प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविस्वासको प्रस्ताव ल्याउने विषयमा छलफल गरिरहेका छन् । ओली विरुद्ध मतदाज गर्ने भन्दै आएको कांग्रेस र माओवादीले ओलीले राजीनामा नदिए अविस्वासको प्रस्ताव ल्याउने तयारमिा लागेको बुझिएको छ ।