सरकारले आदेश दिए हामी लिपुलेक, कालापानीमा निर्वाचन गर्न तयार छौं : निर्वाचन आयोग — OSNepal

सरकारले आदेश दिए हामी लिपुलेक, कालापानीमा निर्वाचन गर्न तयार छौं : निर्वाचन आयोग

LC (KTM) December 24, 2021 0

काठमाडौं ९ पौष । निर्वाचन आयोगकाa प्रवक्ता शालिग्राम पौडेलले सरकारले चाहेमा कालापानी लिपुलेकमा निर्वाचन गर्न तयार भएको बताएका छन् । शुक्रबार धुलिखेलमा सञ्चारर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता पौडेलले यस्तो बताएका हुन् ।
कहाँ निर्वाचन गर्ने भन्ने विषय सरकारको भएकाले सरकारले लिपुलेक, कालापानीमा निर्वाचन गर्ने आदेश दिए आफुहरु तयार भएको बताएका छन् ।

आउँदो स्थायी निर्वाचनको विषयमा आयोगमा आज नै प्रधानमन्त्री शेरबहादु देउवासँग छलफल समेत गर्ने भएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिएको जानकारी आउँदो बैशाखमा स्थानीय तहको निर्वाचनको मिति तोक्‍ने विषयमा छलफल हुन लागेको बताएका छन् ।

यही चैत ५ गतेबाट स्थानीय तहका जनप्रतिनिधिको अवधि सकिने भएकाले
आउँदो वैशाख २० मा निर्वाचन गर्ने तयारी गरेको आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर