माओवादीमा नेतृत्व विलासी र सोखिन भएकाले जनताबाट टाढिँदै गए : शर्मा — OSNepal

माओवादीमा नेतृत्व विलासी र सोखिन भएकाले जनताबाट टाढिँदै गए : शर्मा

LC (KTM) December 24, 2021 0

काठमाडौं ९ पौष । नेकपा माओवादीका नेता एवं अर्थमन्त्री जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल जस्तो खट्न सक्ने नेता अरु कोहि नभएको बताएका छन् । बिहिबार राति एक कार्यक्रममा सहभागी भएका नेता शर्माले यस्तो बताएका हुन् ।

‘यो पार्टी नभएको भए या प्रचण्डले जनयुद्धको नेतृत्व नगरेको भए राजतन्त्रको अन्त्य हुन्थ्यो कि हुन्नथ्यो ? संविधानमा अधिकार दिलाउन माओवादी तयार नभएको भए जनताले पाउँथे कि पाउँदैनथे ? केपी ओलीको प्रतिगमनकारी कदमको विरुद्ध लड्ने पनि उहाँ नै हुनुभयो । माओवादीले राजनीतिक रुपले नेतृत्वदायी भूमिका निर्वाह गरेको जनतालाई थाहा छ ।’ शर्माले भने ।

आफुले २०४० सालदेखि प्रचण्डसँग सहकार्य गरेको बताएका उनले प्रचण्ड डायनामिक नेता भएको बताएका छन् । दूरदर्शी र ठूलो निर्णय लिन सक्ने खुवीका प्रचण्डले सरकारमा रहँदा धेरै महत्वपुर्ण काम गरेको शर्माले बताएका छन् ।

साथै माओवादीमा नेतृत्व विलासी र सोखिन भएकाले जनताबाट टाढिँदै गएको बताएका उनले भने, ‘आम कार्यकर्तासँग अलिकति दूरी बढ्यो । म कोट पाइन्ट लगाउँछु, तर कार्यकर्तासँग त्यो क्षमता छैन । अवसरमा आलोपालो भएन । म आफैँ धेरै पटक मन्त्री भएँ । राष्ट्रिय सम्मेलनपछि माओवादी देशभरि छाउँछ । अहिले ८ लाखले आफैं सदस्यता लिए । अब ३० लाख कार्यकर्ता बनाउँछौं । परिवर्तनको रक्षक हो भनेर खबरदारी गरे जनताले माओवादीलाई साथ दिन्छन् ।

तर, प्रचण्ड यस भित्र नपर्ने भन्दै उनले प्रचण्डको तारिफ गर्दै कार्यक्रममा अघि भने , ‘प्रचण्डलाई के सोखिन भन्ने ? बिहान ६ बजेदेखि राति १० बजेसम्म काममै व्यस्त हुनुहुन्छ । उहाँजति खट्न सक्ने नेता माओवादीमा कोही छैन । कहिलेकाहीँ एकदुई दिन छुट्टीमा कतै जानुलाई आलोचना गर्नुको अर्थ छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर