दाङ- २० वर्ष कैद फैसला भई थुनामा रहेका एक व्यक्ति कारगारबाट प्रहरीकै मोटरसाइल लिएर कैदी फरार भएका छन् । घोराहीको थुनामा रहेका राजपुर गाउँपालिकाका २८ वर्षीय जयराम परियार बिहीबार अस्पतालबाट भागेको बताइएको छ ।परियार छालाको उपचारका लागि अस्पताल गएका बेला उपचारका लागि हत्कडी खोलेपछि जवान चौधरीकै मोटरसाइकल लिएर भागेको बताइएको छ ।
उनी प्रहरी जवान धनबहादुर चौधरीसँगै लु३४प ४१० नंको मोटरसाइकल चढेर अस्पताल गएका थिए ।घटनाबारे चौधरीले अपराह्न ४ बजेतिर मात्रै जानकारी दिनुले पनि आशङ्का गर्ने प्रशस्त आधार देखिएकाले प्रहरी जवान चौधरीलाई थुनामा राखेर अनुसन्धान भइरहेको बताइएको छ ।बीस वर्ष कैद सजाए तोकिएका परियारले अहिलेसम्म साढे सात वर्ष कैद सजाय भुक्तान गरिसकेका थिए ।