सगरमाथा आरोहणका क्रममा मृ त्यु भएका आरोहीको शव काठमाडौँ ल्याईयो — OSNepal

सगरमाथा आरोहणका क्रममा मृ त्यु भएका आरोहीको शव काठमाडौँ ल्याईयो

LC (KTM) May 30, 2021 0

सोलुखुम्बु, १६ जेठ- सगरमाथा आरोहणका क्रममा मृ त्यु भएका एक आरोहीको शव उद्धार गरी काठमाडाँै लगिएको छ । सेभेन समिट ट्रेकमार्फत आरोहणमा गएका अमेरिकी नागरिकको शव उद्धार गरी आज काठमाडाँै लगिएको प्रहरीले जनाएको छ । सगरमाथा आरोहणमा जानेक्रममा गत वैशाख २९ गते साँझ करीब ६ः०० बजे चौथो शिविरमा ५४ वर्षीय पुवई लिउको लडेर मृ त्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ऋषिराज ढकालले जानकारी दिनुभयो ।

मौसम अनुकूल नहुँदा तत्काल उद्धार गर्न नसकिएकाले आज उद्धार गरी काठमाडाँै लगिएको उहाँको भनाइ छ । प्रहरीका अनुसार लिउको शव परीक्षणका लागि लुक्लाबाट हेलिकप्टरमार्फत शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।यस्तै दुई वर्षअघि मृ त्यु भएका एक अमेरीकन नागरिकको पनि शव परीक्षणका लागि काठमाडाँै लगिएको थियो । हिमाल सफाइ अभियानका क्रममा दुई वर्षअघिको शव भेटिएपछि उद्धार गरी काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।

सगरमाथा आरोहण शुरु भएपछि यस वर्षको वसन्तयाममा एक क्लाइम्बिङ गाइडसहित तीन जनाको मृत्यु भएको छ । स्वीटजरल्याण्डका नागरिक अब्दुल वारिचको पनि गत वैशाख २९ गते आरोहण सकेर फर्कने क्रममा सेभेन साउथमा मृ त्यु भएको थियो ।यही जेठ ४ गते सङ्खुवासभा घर भएका अन्दाजी २७ वर्षीय टासी शेर्पाको शिविर एक र दुईको खर्पासमा लडेर मृ त्यु भएको प्रहरीले जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर