माओवादी स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु — OSNepal

माओवादी स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु

LC (KTM) December 24, 2021 0

काठमाडौं, ९ पुस – नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बिहान सुरु भएको छ । ११ पुसबाट काठमाडाैंमा सुरु हुने राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज, राष्ट्रिय सम्मेलनका अन्य विषयबारे छलफल गर्न बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएकाे हाे ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यले दिने सुझावलाई समेटेर पूर्णता दिने तयारी गरिएको छ । माओवादीले यसपटक राष्ट्रिय सम्मेलनमा विचारको बहस हुने बताएको छ ।

यो पनि : कांग्रेस प्रदेश २ सभापतिमा यादव, संस्थापन पक्षबाट चुनाव लडेका थिए : नेपाली कांग्रेस प्रदेश २ सभापतिमा कृष्ण यादव विजयी भएका छन् । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा पक्षबाट चुनाव लडेका उनले रामसरोज यादवलाई हराएका हुन् ।

कूल १८८१ मत खसेकामा कृष्णले ९ सय ९६ मत पाए । रामसरोजले ८ सय ५५ मत मात्र ल्याए । २८ मत बदर भएकाे छ । रामसरोज विमलेन्द्र निधि पक्षका हुन् । उनलाई शेखर कोइराला पक्षले पनि साथ दिएकाे थियाे ।

बाँकी पदाधिकारीको मतगणना आजबाट सुरु हुने निर्वाचन समितिले जानकारी दिएकाे छ । कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशन सम्पन्न भइसक्दा प्रदेश २ को अधिवेशन विवादका कारण रोकिएको थियो । बिहीबार मतदान भएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर