जनार्दन शर्माले राष्ट्रघाती काम कहिल्यै गर्दैन — OSNepal

जनार्दन शर्माले राष्ट्रघाती काम कहिल्यै गर्दैन

LC (KTM) December 24, 2021 0

काठमाडौं ९ पौष । अर्थमन्त्री जनार्दन शर्माले आफूलाई ‘पोलिसी ह्याकिङ’ गरेको आरोप लगाउनुमा ठूलो रहस्य रहेको भएको बताएका छन् । नेकपा माओवादीका नेता समेत रहेका शर्माले बिहिबार हिजो एक कार्यक्रममा यस्तो बताएका हुन् ।

आफुले कहिल्यै राष्ट्रघाती काम नगर्ने बताएका उनले कार्यक्रममा भनेका छन्, ‘अर्थमन्त्रीले पोलिसी ह्याकिङ गरेको आरोप ब्ल्याक मेलरले लगाएका हुन् । त्यसको रहस्य छ । तर म आज खोल्दिनँ । कुनै पनि प्रभाव र दबाबमा काम गर्दिनँ । जनार्दन शर्माले राष्ट्रघाती काम कहिल्यै गर्दैन ।’

आफ्नो जोस जागरमा कुनै सिखा नलागेको बताएका शर्माले आफ्नो चिन्ता गर्नेलाई धन्यावाद समेत दिएका छन् ।

‘अर्थमन्त्रालयमा म भएकाले आर्थिक सूचकांक आरालो लागेको होइन । मेरो ठाउँमा अरु भएको भए पनि यस्तै हुन्थ्यो । कतिपयलाई म अर्थमन्त्री भएको मन नपरेकाले होला । आजको आलोचना अर्थमन्त्रीले काम गर्न नसकेर होइन, कुनै स्वार्थप्रेरित छ त कुनैमा चिन्ता पनि छ । चिन्ता गर्नेलाई मेरो धन्यवाद छ ।’शर्माले भने ।

आफुले पुर्व अर्थमन्त्री विष्णु पौडेलको अध्यादेश चलाइरहेकाले त्यसमा २ प्रतिशत मिलाएको मात्र हो भनेका शर्माले भने, ‘भोलि मैले बजेट बनाएपछि सफल र असफल आफैं भन्नुहोला । म असफल भएको भनेको पार्टी एकीकरणमा मात्रै हो । राजनीतिक स्थायित्वका लागि पार्टी एकीकरण गर्दा सफल हुन सकिनँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर