फिफाको वरीयतामा नेपाल यथावत स्थानमा रहन सफल भएको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथास्थानमै रहेको छ । नयाँ वरीयतामा नेपाल १ सय ६९ औं स्थानमा रहेको छ । यसभन्दा अगाडी फिफाले सार्वजनिक गरेको वरीयतामा समेत नेपाल १ सय ६९ औं स्थानमा नै रहेको थियो । नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताको तेस्रो स्थानमा रहेको छ ।
नेपाल भन्दा अघि भारत र माल्दिभ्स रहेको छ । भारत १ सय ४ औं स्थानमा रहेको छ । माल्दिभ्स १ सय ५७ औं स्थानमा रहेको छ ।नेपाल भन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ । नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ । यस्तै ब्राजिल दोस्रो, तेस्रोमा फ्रान्स, चौथोमा इंग्ल्यान्ड र पाँचौ स्थानमा अर्जेन्टिना रहेका छन्।