प्रदेश १ मा २१ जनामा कोरोना संक्रमण , सक्रिय संक्रमितको संख्या ९८ — OSNepal

प्रदेश १ मा २१ जनामा कोरोना संक्रमण , सक्रिय संक्रमितको संख्या ९८

LC (KTM) December 23, 2021 0

प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ४३७ जनाको पीसीआर परीक्षण गर्दा २० र १०५ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १५, सुनसरीमा २, झापा, भोजपुर र संखुवासभामा १–१ जनामा संक्रमण भएको हो ।

मोरङको विराटनगरमा ९, कटहरी, सुन्दरहरैचा, पथरीशनिश्चरे, बेलबारी, सुनबर्षी र स्थानीय तह नखुलेका १–१, सुनसरीको गढी र इटहरीमा १–१, झापाको दमक, भोजपुरको पौवादुङ्मा र संखुवासभाको चैनपुरमा १–१ जनामा संक्रमण भएको हो । प्रदेश १ मा आज १८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ९ महिला र ९ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ९८ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर