...तर प्रचण्डले कुरै बुझेनन् : ओली — OSNepal

…तर प्रचण्डले कुरै बुझेनन् : ओली

LC (KTM) December 23, 2021 0

काठमाडौं ८ पौष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुले दिएको हात साथले नै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड यहाँ सम्म आएको बताएका छन् ।

पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकामा कार्यकर्तालाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘प्रचण्डलाई आफूले साथ र हात दिएर यो अवस्थामा आएको हो । तर प्रचण्डले कुरा बुझेनन् ।’

वर्तमान सरकार जनताले नचाहेको सरकार भएको बताएका उनले आफ्नो सरकारले विकासको लहरनै ल्याएको बताएका छन् । आफ्नो साथले नै माओवादी केन्द्र यो स्थानमा आइपुगेको ओलीको दावी रहेको छ ।

उक्त पार्टी प्रवेश कार्यक्रममा ओली सहित प्रदेश २ का एमाले इन्चार्ज रघुवीर महासेठ, सहइन्चार्ज ज्वाला साह लगायको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर