थप २९३ जनामा कोरोना संक्रमण हुँदा २६३ जना भए संक्रमण मुक्त — OSNepal

थप २९३ जनामा कोरोना संक्रमण हुँदा २६३ जना भए संक्रमण मुक्त

LC (KTM) December 23, 2021 0

काठमाडौं ८ पौष । नेपालमा पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ९ लाख २२ हजार ७५६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा
९ हजार ५१० जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ४१ जना र २ हजार ११६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५२ जना गरी २९३ जनामा कोरोना सक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा २६३ जनामा संक्रमण मुक्त भएका छन् । साथै पछिल्लो २४ घण्टामा २ जना संक्रमतिको ज्यान गएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५८१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर