१० वर्षीय आशिकको पानीको खाल्डोमा डुबेर गयो ज्यान — OSNepal

१० वर्षीय आशिकको पानीको खाल्डोमा डुबेर गयो ज्यान

LC (KTM) May 30, 2021 0

काठमाडौं, १६ जेठ-महोत्तरी, रामगोपालपुर नगरपालिका-९ बस्ने रामकरण मण्डलका छोराद्वय १० वर्षीय आशिक कुमार मण्डल र ९ वर्षीय प्रेम कुमार मण्डलको पानीको खाल्टोमा डुबेर शनिबार दिउँसो मृ त्यु भएको छ । आफ्नै घरबाट शौच जाने क्रममा लडेर सोही ठाउँस्थितमा एमपिइस इँटाभट्टामा खनेको खाल्टोको पानीमा डुबेर अशक्त भएका उनीहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र रामगोपालपुर हुँदै थप उपचारको लागि जिल्ला अस्पताल जलेश्वरतर्फ लैजाने क्रममा बाटोमै मृ त्यु भएको हो ।

मोरङ, सुनवर्षी नगरपालिका-४ स्थित जागीटोल बस्ने बल बहादुर ताजपुरीयाकी छोरी शारीरिक रुपमा असक्त ८ वर्षीया छोरी सन्तोषी ताजपुरियाको घर पछाडी रहेको खाल्डोमा जमेको पानीमा डुबेर शनिबार साँझ मृत्यु भएको छ ।यसैगरी, मोरङ रंगेली नगरपालिका-२ खोरिया टोल बस्ने जगदिस मुडियारीको १० वर्षीय छोरा धिरज मुडियारीको सोही ठाउँस्थित चेका खोलामा डु बेर शनिबार साँझ मृत्यु भएको छ । बिहानदेखि घरबाट हराएका उनको खोजी गर्ने क्रममा उक्त खोलामा डुबेर मृत्यु भएको अवस्थामा श व फेला परेको हो ।

अछाम, साँफेबगर नगरपालिका-१४ पातलकोटस्थित शाहटोल बस्ने योगेन्द्र शाहको छोरा डेढ वर्षीय सुप्रिम शाहको आफ्नै घरको आगनमा राखेको पानीको बाल्टीमा खेल्ने क्रममा डुबेर शनिबार दिउँसो मृ त्यु भएको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर